इटाली– इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज तथा उद्धारको कार्य बुधबार राति पनि जारी रहेको अधिकारीहरुले बताएका छन् । अनुसन्धाताहरुले पुल भत्किनुको कारणबारे अनुसन्धान थालेका छन् ।


ADVERTISEMENT


जेनोआको मोरन्दी पुलको एक भाग भारी वर्षापछि मङ्गलबार भत्किएर रेलमार्गमा खसेको थियो । उक्त दुर्घटनामा परी ३७ जनाको मृत्यु भइसकेको छ । भाँचिएको पुलबाट गुडिरहेका ३५ वटा कार र केही ट्रक १५० फिटमुनि खसेका थिए ।


ADVERTISEMENT

# # #


उद्धारकर्ताहरुले पुल भत्किएको स्थानमा बत्ति बालेर रातभर खोजी गरेका थिए । मृतकको संख्या बढ्न सक्ने अनुमान उद्धारकर्ताहरुले गरेका छन् ।

इटालियन सरकारले “अत्यन्त दुःखद घटना” भन्दै भएको जानकारी दिएको छ । जिनोआको लिगुरियामा व्यापक रुपमा भइरहेको वर्षाबीच उक्त पुलको मर्मतसम्भारको कार्य भइरहेको थियो ।

“दुर्भाग्यबस यस दुःखद घटना परी ३७ व्यक्तिको ज्यान गएको र केही व्यक्ति गम्भीर घाइतेको उपचार भइरहेको छ,” गृहमन्त्री म्याटिओ साल्भीनीले बुधबार बताएका छन् । उनले भने, “यसका जिम्मेवार व्यक्तिले ठूलो मूल्य चुकाउनु पर्नेछ ।”

यद्यपी इटालीयन सञ्चार माध्यमले गृह मन्त्रालयलाई उद्धृत गर्दै यस घटनामा ज्यान गुमाउनेहरु तीन बालबालिकासहित ३७ पुगेको बताएका छन् । मृत्यु हुनेमा आठदेखि १२ वर्षसम्मका बालबालिका रहेका छन् । यस घटनामा परी १६ व्यक्ति घाइते भएका र ती मध्ये १२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ । रासस