काठमाडौं–सरकारले वर्षमा सय दिनको रोजगारी ग्यारेन्टी गर्ने भएको छ । कुनै पनि सदस्य रोजगार नभएको परिवारमा एक जना सदस्यलाई न्यूनतम सय दिनको रोजगारी दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।


ADVERTISEMENT


प्रतिनिधि सभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्दै उनले रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सयदिन रोजगारी दिने कार्यविधि बनेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको उनले बताए । स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुनेछ ।

यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने छन् ।

कार्यक्रमका लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ ।