काठमाडौं– अपरिचित समूह ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा संकास्पद बस्तु छाडेर भागेको छ । मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् ।


ADVERTISEMENT


सो संकास्पद बस्तु सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स्थानीय त्रसित देखिएका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच एकाएक बम राखेर अपरिचित समूह भागेसँगै घटनास्थल नजिकै गुड्दै गरेको बा ८९ प ७४६९ नम्बरका स्कुटर चालक दुर्घटनामा परेका छन् ।

उनलाई सामान्य चोट लागेको बताइएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा बम भेटिएकाले सो संकास्पद बस्तु पनि विप्लव समूहले नै राखेको आशंका गरिएको छ ।