कपिलवस्तु– छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा आएको जथ्थाले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेका हुन् ।


ADVERTISEMENT


घरेलु हातहतियार, लाठीसहित एकसय बढीको संख्यामा गएका व्यक्तिहरुले साहिलको घरभित्र पसी पम्पसेट, भाँडाकुँडा, खाद्यान्न लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरभित्र राखेको डेहरी (माटोको भकारी) तोडफोड गरी धान, चामल लगा यतका खाद्य सामग्री नोक्सान गरिदिएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #


समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडबाट झण्डै ३ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिएका छन् ।

दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमान मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको प्रहरीले जनाएको छ । घरबाट भागेका केटा र केटी दुवै अहिलेसम्म परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । – आजको नेपाल समाचारपत्रबाट