काठमाडौं– नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ ।


ADVERTISEMENT


०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । ०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ ।


ADVERTISEMENT

# # #


५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँबराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ । – आजको नयाँ पत्रिकाबाट