एजेन्सी– क्यारेबियन प्रिमियर लिग आजबाट सुरू हुँदैछ । विभिन्न ६ टोलीले सहभागी जनाउने प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि खेल्दैछन् ।


ADVERTISEMENT


सन्दीपलाई सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो ।


ADVERTISEMENT

# # #


सीपीएल खेल्नका लागि सन्दीप नेदरल्याण्ड्सबाट आइतवार नै वेष्टइन्डिज पुगिसकेका छन् । सन्दिपको टिमको नेतृत्व वेष्टइन्डिजका स्टार क्रिस गेलले गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सन्दिपको टोली प्याट्रिओट्सले बिहीवार गुएना अमेजन वारियर्ससँग खेल्नेछ ।

आजको उद्घाटन खेलमा साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया स्टारबीच हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः४५ बजे गुएनामा हुनेछ ।