उर्लाबारी, मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ ।


ADVERTISEMENT


आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


अटोको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ठक्कर दिने अटो रिक्सा र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।