जनकपुरधाम– जनकपुरमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । अर्का १ जना गम्भीर घाइते छन् ।


ADVERTISEMENT


जनकपुर उपमहानगरपालिका–१९, बेंगाशिवपुरका ५० वर्षीय रामवृक्ष यादवको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।


ADVERTISEMENT

# # #


छुरा प्रहारबाट रामवृक्षका छोरा २८ वर्षीय रामसोगारथ यादव गम्भीर घाइते भएका छन् । गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार घरायसी विवादका क्रममा उनीहरूमाथि छुरा प्रहार भएको हो ।

प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्रेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।