चितवन– निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा खसेको पहिरो पनि पन्छाइएको छ । पहिरो पन्छाएपछि अवरुद्ध सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ । फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ । रासस