भक्तपुर– साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उनकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो । विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उनकै घरमा पुगेर पुस्तकको विमोचन गरेका हुन् ।


ADVERTISEMENT

# # #


विमोचनपछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुशी व्यक्त गरेका छन् । उनले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये नगद रु १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गरेका छन् ।

कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मानस्वरुप उनकै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उनको उपचारको लागि उचित व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

गायक लामिछानेले उचित स्वास्थ्योपचार पाएमा स्वास्थ्यमा सुधार आउने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सैँ घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यवस्था गर्न ढिलाइ गर्न नहुुने बताए । रासस