काठमाडौं– तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको छ ।


ADVERTISEMENT


पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण गर्ने भनी दुईवटै पार्टीले वार्ता समितिसमेत गठन गरेका थिए । राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो भने राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #