धादिङ– पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् । घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ ।


ADVERTISEMENT

# # #


अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ । रासस