काठमाडौं–राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सडक खण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विश्वकर्माले जानकारी दिए ।


ADVERTISEMENT


सल्यानको त्रिवेणी गाउँपालिका लुहाम क्षेत्रमा गएको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको प्रहरी प्रमुख विश्वकर्माले बताए । उनले पहिरो पन्छाउन तथा सडक खण्ड खुलाउनका लागि प्रयसा भइरहेको बताए । त्यसका लागि जेसेवीले काम गरिरहेको विश्वकर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यता ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले भने दाङ र सल्यानको सीमाना क्षेत्रमा झरेको पहिरो पन्छाएपछि अवरूद्ध तुलसीपुर–कपुरकोट सडक खण्ड बिहान साढे ८ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको जानकारी दिए ।

राप्ती लोकमार्ग अन्तर्गतको दाङको तुलसीपुर हुँदै सल्यानको कपुरकोट जाने सडक खण्ड आइतबार बिहानैदेखि अवरुद्ध थियो ।

दाङ र सल्यानवाट आएका जेसेवीले पहिरो पन्छाएर हाललाई एकतर्फी रुपमा सडक खण्ड सूचारु बनाएको भए पनि पहिरो खस्ने क्रम जारी रहेको डिएसपी सापकोटाले बताए ।

‘निरन्तर बर्षा भइरहेको छ र लेदोमाटो झर्ने क्रम पनि जारी छ। फेरि जतिखेर पनि पहिरो जान सक्छ,’ डिएसपी सापकोटाले भने ।

उनले वर्षाले ठाउँ ठाउँमा पहिरोको जोखिम बढेको भन्दै सावधानी पूर्वक सवारी चलाउन आग्रह पनि गरेका छन् ।