काठमाडौँ– नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले निर्वाचनमार्फत स्थापित भएका नेपालका कम्युनिस्टहरु दुनियाँका कम्युनिस्ट जसरी रक्तपिपासु इतिहास दोहोर्याउन उद्दत रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल राष्ट्रिय मगर संघको दोस्रो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष महरले किसानका टाउका काटेर १३ वर्षसम्म जेल सजाय पाएका केपी ओली र १७ हजारभन्दा बढीको ज्यान लिएका प्रचण्ड अहिले सत्तामा रहेकाले प्रजातन्त्रको रक्षाको लागि र नागरिकको स्वतन्त्रताका रक्षाका लागि एक पटक फेरि एक हुनुपर्ने अवस्था आएको बताए ।


ADVERTISEMENT

# # #


कम्युनिस्ट जसरी रक्तपिपासी इतिहास दोहोर्याउन उद्दत रहेको बताउँदै उनले न्यायालयमाथि धावा बोल्ने प्रयास भइरहेको बताउँदै सरकार आफ्ना पार्टीका मान्छेलाई न्यायाधीश बनाउन लागेको उल्लेख गरे ।

चारैतर्फी महंगी बढाएको सरकारले सर्वसत्तावादको सोच लिएर कम्युनिस्ट शासन अघि बढेको बताए । उनले प्रेसलाई नियन्त्रणमा लिन खाजेको र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीले बालुवाटारमा बन्दी बनाएर अधिनायकवाद उन्मुख हुन लागेको बताए ।

यस्तै उनले कम्युनिस्ट पक्षधरले चलाएका स्केलका विद्यार्थीको ग्रेड वृद्धि हुनेगरी एसईई परीक्षफलमा बिहान एउटा र बेलुका एउटा हुनेगरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताए । लोकतान्त्रिक गणतन्त्रको प्राप्तीका लागि मगर समुदायले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले महाधिवेशनको सफलताको लागि शुभकामना दिए।