एजेन्सी– रुसमा भएको विश्वकमा विश्वकपको उत्कृष्ट खेलाडी घोषित भएका रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच भित्राउनका लागि विश्व कीर्तिमानी रकमको तेब्बर मुल्य तिर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


मोड्रिच भित्राउन इच्छा देखाइरहेको समाचारहरु सार्वजनिक भइरहेको बेला भित्राउन असम्भव नै हुने गरि रियलले सरुवा रकम तोकेको हो ।


ADVERTISEMENT

# # #


सायद मोड्रिचलाई भित्राउन सपना बोकेका क्लबहरुको अब पछि हट्ने छ । उनलाई भित्राउनका लागि विश्व कीर्तिमानी रकमको झन्डै तेब्बर ७ सय ५० मिलियन युरो तिर्नुपर्ने गरि रियलले मुल्या तोकेको छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलेले उनलाई कसैले भित्राउन प्रयास नगरुन भन्नका लागि चर्को मुल्य तोकेका हुन् । यो मुल्य पछि मोड्रिच लिने योजनाबाट क्लबहरु पछि हट्ने सम्भावना छ ।

यसले मोड्रिचलाई भित्राउने पेरेजले इन्टरको आशा निराशामा परिणत गरिदिएका छन् । पेरेजले भने, ‘मोड्रिच भित्र्याउन एक मात्र विकल्प छ । त्यो भनेको ७ सय ५० मिलियन तिर्न तयार हुनुपर्दछ ।’रियलसँग अझै दुई वर्षको सम्झौता रहेका मेड्रिच अर्को हप्ता सम्म विदामा छन् । विश्वकप पछि उनी छु्ट्टीमा छन् ।