काठमाडौँ – प्रधानन्यायाधीशमा दीपकराज जोशीबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक केहीबेरअघि सिंहदरबारमा सुरु भएको छ । अपरान्ह ३ बजे बस्ने भनिएको बैठक सांसदहरु एकापसमा आन्तरिक र गोप्य बैठकमा जुटेपछि केहीेबेरअघि मात्रै सुनुवाइ समितिको बैठक सुरु भएको हो ।


ADVERTISEMENT


एसएलसी नै उत्तीर्ण नगरेको पाइएपछि विवादमा तानिएका जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिको निर्णय नलिने निचोडमा दलहरु पुगेका छन् । एकैसाथ धेरैवटा विवाद सार्वजनिक भएपछि जोशीको प्रधानन्यायाधीश यात्रा धरापमा परेको हो ।


ADVERTISEMENT

# # #


यसअघि पटक पटक बसेको संसदीय सुनुवाइ समितिको बैठक अनिर्णित रहँदै आएको थियो । सत्तारुढ दलहरु विवादित पृष्ठभभूमिका जोशीलाई प्रधानन्यायाधीश नबनाउने निचोडमा छन् भने कांग्रेसले अन्तिममा आएर रोक्न नहुने अडान लिएको छ ।