काठमाडौं – सरकारले जनविरोधि क्रियाकलाप गरेको भन्दै त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गरेको छ । यसै क्रममा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित सभामा शीर्ष नेताले सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


सरकार विरुद्धको आन्दोलनलाई चर्काउन भन्दै प्रतिपक्षी कांग्रेसले ७७ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यसमितिले तय गरेको सरकार विरोधी प्रदर्शनका लागि गाउँ, नगर, क्षेत्रसँगै सदरमुकाम पर्ने नगरपालिकाका वडा-वडाबाट कार्यकर्ताहरुलाई सहभागिताका लागि निर्देशन दिएको विभिन्न जिल्लाका कार्यसमितिहरुले जानकारी दिएका छन् ।