काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर प्रर्दशन गर्दैछ । ७७ जिल्ला कार्यसमितिको आयोजनामा सरकारविरुद्ध सडक प्रर्दशनको तयारी कांग्रेसले गरेको हो । काठमाडौंको शान्तिवाटिकामा दिउँसो २ बजे हुने कोणसभामा कांग्रेस नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT


जिल्लाका सदरमुकाममा पनि सडक प्रर्दशन गर्ने कांग्रेसको तयारी छ । मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, जनताको विरोध गर्न पाउने अधिकारमाथि हस्तक्षेप हुनेगरी निषेधित क्षेत्र तोकिएकाजस्ता निर्णयविरुद्ध कांग्रेसले प्रर्दशन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


प्रर्दशनमा भातृ संस्थाहरू नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल मुश्लिम संघलगायत प्रर्दशनमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सर्वसत्तावादविरुद्ध लोकतन्त्रिक व्यवस्थाको रक्षाको निम्ति सडक संघर्षमा उत्रनु परेको कांग्रेसको दाबी छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले साउन १ गते विज्ञप्ति जारी गर्दै सबै जिल्ला कार्यसमितिलाई सरकारविरुद्ध साउन १५ मा सडक प्रर्दशनमा उत्रन निर्देशन दिएका थिए ।