एजेन्सी– आइतबार नेपालले क्रिकेटको मक्का मानिने लर्डस् क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र स्थानीय एमसीसी क्लबसँग त्रिकोणात्मक खेल खेल्यो । प्रतिकूल मौसमका कारण सिरिज भने पूरा हुन पाएन । नेपालले एमसीसीसँग ६—६ ओभरको खेल खेलेको थियो, जुन खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो ।


ADVERTISEMENT


नेदरल्यान्ड्ससँगको खेल भने वर्षाकै कारण खेल्न पाएन । आइतबारको त्रिकोणात्मक सिरिजमा एमसीसीको तर्फबाट खेलेका श्रीलंकाका पूर्व कप्तान महेला जयबर्धनेले नेपाली खेलाडीको प्रशंसा गरेका छन् । ‘टि—२० फम्र्याटको खेल नेपालका लागि विशेष छ । राम्रो खेलेका छन्,’ उनले भनेका छन् । इएसपीएनसँगको कुराकानीमा जयबर्धनेले नेपाली लेग स्पिनर सन्दीप लामिछानेको प्रशंसा गर्न पनि छुटाएनन् । ‘सन्दीप डर नभएको खतरनाक खेलाडी हो । उनी हेर्दा खतरनाक खेलाडीजस्तै देखिन्छन्,’ जयबर्धनेले भने । उनले हरेक खेलमा आफूलाई सम्हाल्दै खेल्ने गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


टि—२० फम्र्याटको आएपीएल खेलमा दिल्लीबाट ३ खेल खेल्ने अवसर पाएका सन्दीपले ५ विकेट लिएका थिए । जयबर्धनेले उक्त कुरा स्मरण गर्दै उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । ‘सन्दीपको बलमा जति रन हानेपनि अन्तिमसम्म उनी एउटै लयमा खेल्छन् र विकेट निकालिछाड्छन्,’ उनले भनेका छन् ।

४—५ वर्षअगाडि श्रीलंकामा भएको विश्वकपमा नेपालको यू—१९ टोलीले राम्रो प्रदर्शन गरेको भन्दै उनले अहिले तीमध्येका कतिपय खेलाडी राष्ट्रिय टिममा रहनु सकारात्मक रहेको बताएका छन् । जयबर्धनेले युवा खेलाडी राष्ट्रिय टिममा भएपछि नेपालको क्रिकेट अझै अगाडि बढ्ने विश्वास गर्न सकिने बताएका छन् ।