काठमाडौ‌ँ – तत्कालिन एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका नेता हृदयेश त्रिपाठीले पार्टी प्रवेशबारे ठोस निर्णय नभएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले त्रिपाठी सहितका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने तयारीको भनिए पनि ठोस छलफल नभएको त्रिपाठीको भनाई आएको हो ।


ADVERTISEMENT

# # #


नेता त्रिपाठीले गत असोज १६ गतेदेखि नै विभिन्न चरणमा छलफल भएको बताउँदै हालसम्म ठोस निष्कर्ष ननिक्लेको जानकारी दिएका छन् ।

उनले अलग राजनीतिक दल गठन गर्ने वा नेकपामा प्रवेश गर्नेबारे दुबै विकल्पमा आफूहरु रहेको बताए । उनले आफूहरु विभिन्न विकल्पमा छलफलमा रहेको बताउँदै संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गैरजिम्मेवार प्रस्तुतीलाई चिर्दै तेस्रो धार निर्माणमा जान समेत सक्ने जानकारी दिएका छन् ।

यद्यपि मधेसको समस्या मुलुककै समस्याका रुपमा वर्तमान सत्तारुढ दल नेकपाले लिए प्रवेश गर्न सक्ने बाटो खुल्ला राखेको उनको भनाई रहेको थियो ।

यता, नेकपाले भने त्रिपाठी लगायतका नेताहरुको पार्टी प्रवेशको प्रक्रियालाई अघि बढाएको जनाएको छ ।