बुटवल– प्रदेश नं ५ मा आज विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ ।


ADVERTISEMENT


बैठक शुरु हुनासाथ सदस्य निर्मला क्षेत्रीले संविधानले व्यवस्था गरेबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने जिकिर गर्दै स्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको जवाफ आएपछि मात्रै प्रदेशसभाको बैठक सञ्चालन हुने बताइन्।


ADVERTISEMENT

# # #


प्रदेशसभाका सदस्य क्षेत्री बोल्नासाथ विपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सोमबारसम्मका लागि स्थगन भएको घोषणा गरे ।

बैठकमा प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक, प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक निर्णयार्थ पेश हुने कार्यसूची थियो ।