काठमाडौं– सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी माथिको निर्णय सुनाउन सकेको छैन ।


ADVERTISEMENT


जोशीमाथि परेका उजुरीमा छलफल गरे निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


आईतबार बिहान साढे ८ बजे बोलाईएको बैठक पनि सोमबार अपरान्ह २ बजे सम्मका लागि स्थगित गरिएको छ । यसअघि शुक्रबार बोलाईएको बैठक बस्दै नबसी आईतबार बिहान साढे ८ बजेका लागि बोलाईएको थियो ।

सुनुवाई सकेर निर्णय प्रक्रियामा रहेको समितिले निर्णय सुनाउनकै लागि बोलाईएको बैठक दुई पटकसम्म स्थगित गरेपछि शंका उब्जिएको छ ।

विशेष गरेर कामु प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्रको बारेमा संचारमाध्यममा समाचार आईरहनु र समितिले पनि बैठक सार्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

तर समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले भने प्रतिनिधिसभा लगायतका बैठक परेकाले बैठक स्थगित गरिएको बताए । संसदीय सुनुवाई समितिको बैठक आज बिहान साढे ८ बजे बोलाईएको थियो । प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाईएको छ ।