काठमाडौ‌ँ– प्युठानको शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन् । तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ ।


ADVERTISEMENT


प्रहरीले विप्लवलाई समात्ने उदेश्यले बुधबारदेखि जंगल आसपासमा सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो । तर, बिप्लव मंगलबार नै शितखोलाबाट बाहिरिएका थिए ।


ADVERTISEMENT

# # #


प्युठानको सरुमारानी क्षेत्र र अर्घाखाँचीको शितगंगा नगरपालिका वन क्षेत्रमा विप्लवको विषेश बैठक हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

विप्लवलाई समात्न भनेर प्रदेश ५ का चार जिल्लाका प्रहरी साँझबाटै पिछा गरेको थियो । तर, विप्लवलाई समात्न प्रहरी असफल भएको छ । अन्ततः विप्लवले सोही जंगलमा विषेश बैठक गरेर फर्किए । तर, प्रहरी भने बुधबार दिउँसो २ बजेतिर रित्तो हात फर्किएको हो ।

अर्घाखाँचीको दुर्गम एउटा गाउँ पहाडी भुभाग, घना जंगल, खोला छ, समथर परेको जमिन पनि छ । पातलो बस्ती, सुरक्षा निकायको पहुँचभन्दा टाढा छ यो ठाउँ । यही ठाउँमा विप्लवको बैठक बसेको स्रोतको भनाई छ । – आजको समाचारपत्र दैनिकबाट