पछिल्लो समय कोख भाडामा लिएर बच्चा जन्माउने परम्परा बिस्तारै बढ्दै गएको छ । यसै सन्दर्भमा एक महिलाले आफ्नो  ‘सेरोगेट मदर ’बन्ने चाहनाका बारेमा बोलेकी छन् । पढ्नुस् उनकै शब्दमा : 


ADVERTISEMENT


पछिल्ला दश वर्षदेखि म बच्चालाई आफ्नो पेटमा राख्ने र उसलाई जन्म दिने सपना देखिरहेकी छु । तर म त्यो बच्चालाई सँधैका लागि आफूसंग राख्न भने चाहन्नँ, न कि म आमा बन्न चाहन्छु । यही कारणले मैँले सेरोगेट मदर (भाडाकी आमा वा सट्टे आमा) बन्ने फैसला गरेँ, ता कि गर्भवती भएपछि बच्चा आफुसंग राख्नु नपरोस् ।


ADVERTISEMENT

# # #


म सिर्फ गर्भवती हुँदाको अनुभव गर्न चाहन्छु । म मात्र यो जान्न चाहन्छु कि एउटा बच्चा मेरो शरीरमा कसरी विकसित हुन्छ र उसलाई म आफ्नो पेटमा कसरी पाल्छु ?

म आफ्नो शरीरमा आउने बदलाव देख्न चाहन्छु । म देख्न चाहन्छु कि मेरो पेटको छाला कसरी तन्किन्छ ? म आफ्नो शरीरमा बच्चाको हलचल महसुस गर्न चाहन्छु । सेरोगेट बन्ने चाहना मलाई २१ वर्षको उमेरमा आएको थियो । मैँले सेरोगसी सम्बन्धी एक फिल्म हेरेकी थिएँ । अनि मलाई यो उपाय याद आयो । त्यसपछि  मैँले यसको बारेमा इन्टरनेटमा अध्ययन गरेँ र मलाई महसुस भयो कि मपनि यस्तो गर्न चाहन्छु ।

म एक लामो सम्बन्धमा रहेकी छु । मजस्तै मेरा पूर्व प्रेमीपनि बच्चा चाहदैनथे । तर सेरोगेसीमा उसको मेरोजति रुची भने थिएन । उसले कहिल्यै बुझेन कि म आफ्नो स्वास्थ्यलाई खतरामा पारेर किन गर्भवती बन्न चाहन्छु ? त्योपनि त्यस बच्चाका लागि जो मेरो हुनेछैन ।

यसकारण म आफ्नो बच्चा राख्न चाहन्नँ

तपाई जान्न चाहनुहुन्छ कि म आफ्नो बच्चा किन राख्न चाहन्नँ ? बच्चालाई पाल्नु एक ठूलो जिम्मेवारी हो र मलाई लाग्छ कि मानसिक रुपमा र आफ्नो करियरलाई अगाडि बढाउने सन्दर्भमा म यस्तो ठूलो जिम्मेवारीका लागि तयार छैन । र थाहा छैन म यसका लागि कहिल्यै तयार हुन पाउँछु वा पाउँदिनँ ।

म एक इभेन्ट कम्पनीमा काम गर्छु । यसका साथै म  एक रचनात्मक प्रोजेक्टका लागि पनि काम गरिरहेकी छु । यसका लागि मलाई घण्टौँ काम गर्नुपर्छ । विभिन्न देशमा डुल्नुपर्छ । यस्तो कामको साथ एक सानो बच्चालाई स्याहार गर्न मेरालागि कठिन विषय हो । गर्भवती हुनपनि कम चुनौति छैन । तर मलाई यो थाहा छ कि सरोगेसीका लागि मैँले कुनै निश्चित समयमात्रै दिनुपर्छ ।त्यसपछि म आफ्नो पूरानै काममा फर्किन सक्छु ।

तर, यदि मैँले बच्चा आफैमा राखेँ भने जिन्दगीभरको जिम्मेवारी थपिन्छ । गर्भधारण गर्नुका नकारात्मक पक्षसंग पनि म जानकार छु : कमर दुखाई, थकान, बिमारी र अन्य थुप्रै । मलाई यो पनि थाहा छ कि बच्चालाई जन्म दिनुपनि सामान्य कुरा होइन । तर म त्यो पीडा र असहजताको अनुभव गर्न चाहन्छु । गर्भावस्थाको समयमा कसैले बान्ता गर्छन् भन्ने मलाई ज्ञान छ । म त्यो कुराको प्रत्यक्ष महसुस गर्न चाहन्छु ।

नौ महिनासम्म बच्चालाई आफ्नो पेटमा राखेपछि उप्रति मेरो लगाव बढ्दै जान्छ कि भन्ने मलाई डर छ । बच्चाको आमासंगको लगाव जन्मभन्दा पहिले नै हुन्छ । किनकी पेटमा पनि उसले पहिलो आवाज आफ्नो आमाको सुन्छ ।

अहिले मेरो उमेर करिब ३० वर्ष भयो । म उमेरका हिसाबले त्यो अवस्थामा छु, जतिबेला धेरैजसो मानिस बच्चाको बारेमा सोचिरहेका छन् । मेरो एकजना नजिककी साथी भर्खरै आमा बनेकी छिन् । गर्भावस्थाको नौ महिनामा उनले जुन किसिमका उतारचढावहरु महसुस गरीन् म पनि ती सब अनुभव गर्न चाहन्छु ।

मेरो एक अर्को साथी छ । जुन तेस्रो लिङ्गी हो । ऊ कसैसंगको सम्बधमा छ । उसले बच्चाको बारेमा अहिले सोचेको त छैन । तर, मैँले उसलाई भनेकी छु कि ऊ यदि सरोगेट चाहन्छ भने म उसका लागि त्यो गर्न सक्छु ।

यस्तो सोच्ने म एक्ली छैन

म एक्लो छैन जो यी सब सोचिरहेकी छु । इङल्याण्ड र वेल्समा सरोगेसी बढिरहेको छ । बेलायतमा प्रत्येक वर्ष ३०० जोडीलाई यसको इजाजत मिल्छ । दश वर्ष पहिले यस्तो घटना ५० का दरले दुन्थ्यो । म कसैलाई बाध्य पारिरहेकी छैन । किनकी यो दईतर्फी कुरा हो ।

म यो सबै पैसाका लागि बिल्कुल गर्नेछैन । बेलायतमा सेरोगेसीका लागि पैसा लिनु उसैपनि गैह्र कानुनी हो । तर यो जरुर हो कि सरोगेट बनेपछि मलाई केही आर्थिक मदत भने हुनेछ । त्यो यसका लागि कि गर्भावस्थामा काम नगर्ने भएका कारण मेरो केही आम्दानी हुनेछैन । यसका साथै मलाई यताउता जाने खर्च र कपडाका लागि पैसा दिइनेछ । तर म यो पैसाका लागि बिल्कुल गरिरहेकी छैन ।

मेरा लागि खास ‘पेमेन्ट’ त्यो हुनेछ । जब म बच्चालाई आफ्नो पेटमा राख्नेछु र उसलाई जन्म दिनेछु । यसका लागि मैँले कुनै सेरोगेसीसम्बन्धी वेबसाइट वा सामाजिक सञ्जालको मदत लिइरहेकी छैन । किनकी म कुनै यस्तो जोडीका लागि गर्दैछु जसलाई म राम्रोसंग चिन्दछु ।

तर म सेरोगेसीसम्बन्धी साइट भने हेरिरहेकी हुन्छु । ता कि म यसको पूरै प्रक्रिया जान्नसकूँ । आमा बन्ने आफ्नो चाहना म रोक्न सक्दिनँ । किनकी यो एक यस्तो महसुस हो जुन तपाई अरुसंग माग्न सक्नुहुन्न, आफैसंग हुन्छ ।

केही महिना पहिले म डिप्रेसनको औषधि लिइरहेकी थिएँ । मैँले सुनेकी छु यस किसिमका औषधिले गर्भवस्थामा नराम्रो असर पार्छन् । म यो औषधि बन्द गरेपछि मात्रै सेरोगेट बन्ने निर्णय गर्नेछु । म बच्चाका आमाबुवालाई पहिल्यै आफ्नो मानसिक अवस्थाको बारेमा बताइदिनेछु । मैँले आफ्नो डाक्टरलाई पनि यो योजना बताएकी छैन । तर गर्भावस्थाको बेलामा उनीसंग कुरा भने अवश्य गर्नेछु । ता कि सबै कुरा ठिक होस् ।

सबै मानिस मेरो नजिकको साथी जस्तो खुला दिमागको हुँदैनन् । केही अन्य साथीहरु मलाई बताउँछन्, ‘जब बच्चा तिम्रो हुँदैन भने किन आफ्नो शरीर खराब गर्न चाहान्छ्यौ ?’ यतिसम्म कि मेरी आमा पनि यो कुरा दोहोर्याइरहेकी हुन्छिन् । उनीहरुलाई लाग्छ कि यस्तो गर्नु मेरो गल्ती हुनेछ । तर यो मेरो फैसला हो । मलाई थाहा छ कि म ‘प्रेगनेन्सी’बाट के हासिल गर्न चाहन्छु ।

म ठूलो पेट भएको हेर्न चाहन्छु, बच्चालाई आफ्नो गर्भमा हुर्काउन चाहन्छु । म त्यो क्षणको अनुभव गर्न चाहन्छु । सुत्केरी भएपछि म बच्चा आफूसंग राख्न चाहन्नँ । यसमा के गलत छ ?

(परिचय गोपनियताको शर्तमा यी महिलाले बीबीसीसंग गरेको कुराकानीमा आधारित)