काठमाडौं – डा. गोविन्द केसीका माग सम्बोधनका लागि दबाब दिन भन्दै काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन सुरु भएको छ। अनसन साँझ ५ बजेसम्म रहने बताइएको छ ।


ADVERTISEMENT


‘सोलिडारिटी फर डा. केसी’ अभियानले सो कार्यक्रमको आयोजना गरेको हो । अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहको छ।


ADVERTISEMENT

# # #


अनसनमा एेक्यवद्धता जनाउन नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि वसन्तपुर पुगेका छन् । केसीको जीवन रक्षा तथा मागको सम्बोधनका लागि दबाब दिन शनिबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन भएको थियो ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै केसी २३ दिनदेखि अनसनमा छन् । गत असार १६ गते जुम्लामा अनसन बसेका केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएको थियो ।