काठमाडौँ– बलिउडको चर्चित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।


ADVERTISEMENT


जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रा, राजनीतिकर्मी अमर सिंह, कलाकार जया प्रदाले प्रधानमन्त्री केपी ओली, पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य कलाकारहरुसंग आज अन्तक्रिया गर्दै उक्त निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो । सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाश चन्द्रले नेपालमा सिने अवार्ड आजोजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्‍याएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए ।

विश्वका विभिन्न देशहरुमा आयोजना हुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अवार्डमा भारतका चर्चित सेलिब्रेटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

यस्तै जी टिभीको सुभाष चन्द्रले यसै वर्षदेखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ को विधा थप गरिने घोषणा गरेका छन् ।