काठमाडौं– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।


ADVERTISEMENT


प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा. तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको बतायो ।


ADVERTISEMENT

# # #


जुम्लाका डीएसपी तपनकुमार दाहालले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ? प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ।’

भीड नियन्त्रणका बेला होस् या अन्य, गलत सन्देश प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी हो , त्यसले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ । – आजको कान्तिपुरबाट