काठमाडौं । झापाको बिर्तामोडस्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाई । काठमाडौं उपत्यकामा होईन दूरदराजमा स्वास्थ्य शिक्षा पुग्नु पर्छ भन्ने अनसनरत डा. गोबिन्द केसीको माग नै हो । देशकै सूदुरपूर्बमा पर्ने मेची अञ्चल स्थित झापा जिल्लाको बिर्तामोडमा मेडिकल सञ्चालनका लागि सरकारकै आदेश पछि ठूलो लगानी भसाएर सञ्चालन अनुमती पर्खिरहेका छन् उनी ।


ADVERTISEMENT


आफ्नै छोरालाई समेत डाक्टर पढाउन बिदेश पठाउनु परेको पीडा र एउटा सन्तानले आमा बाबुसंग टाढिँदाको आँसु मिश्रित बिलौना प्रसाई आफैँ झल्झली सम्झिरहन्छन् । अब कुनै पनि नेपाली छोरा छोरीहरुले पढ्न बिदेश धाउन नपरोस् , स्वदेशी पैसा समेत नबिदेसियोस् अनि राज्यलाई नै कर तिर्ने गरी देश र जनताकै लागि रोजगारी, स्वास्थ्य शिक्षा, सेवा र राष्ट्रियताकै लागि जीवन समर्पण गरेको प्रसाईको स्पष्टोक्ती छ ।


ADVERTISEMENT

# # #


दूरदराजका गरिब, दुखी, बिपन्नकै लागि भनेर देशकै सूदुरपूर्वमा अस्पताल चलाएर मेडिकल सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको प्रसाई बताउँछन् । सुबिधा सम्पन्न अस्पताल निर्माण गरी कलेज सञ्चालनको मापदण्ड समेत पुरा गरेर देशको विकास र समृद्धी अभियानको एक जिम्मेवार नागरिक बन्ने प्रयत्न गरेको उनको भनाई छ । कलेज सञ्चालन गर्दै गर्दा १० देखि ४० प्रतिशत गरिब बिपन्नहरुका लागि निशुल्क पढ्ने अवसर समेत दिएर धनी र प्रसा हुने मात्रै डाक्टर बन्न पाउने परम्परा तोड्न चाहन्छन् प्रसाई । गुणस्तरीयतामा नम्बर एक बन्दै देशकै नमुना मेडिकल कलेज बनाउन गरिब, बिपन्न र दुखी जनताका छोराछोरीहरुलाई डाक्टर बनाउने अर्जुनदृष्टि पुरा हुनेमा प्रसाई बिश्वस्त छन् ।

‘म आफैँ पनि क्यान्सर पीडित, देश र जनताका लागि केही योगदान दिनु पर्छ भनेर यो सेवामा लागेको छु’ उनले भने ‘एक पटकको जीवनमा दुनियालाई स्वास्थ्य सेवाको माध्यमले बाँच्नुको सार्थकता निभाउन सकुँ भन्ने अमृत मनले लागेको छु, सत्यको बाटो अवश्य खुल्नेछ ।’

संघर्षबाट सफल हुँदै आएका उनले जीवनका बिभिन्न कालखण्डहरुमा बिभिन्न व्यवशायहरु गर्दै आए, भैँसि पालन व्यवशाय देखि फर्निचर व्यवसाय, भिट्टा व्यापारमा समेत हात हाले उनले ।

पिता कृष्णप्रसाद र माता कौशिलाका साइलो छोरा हुन् उनी ।

विर्तामोडको पाँच विघा जग्गामा बनेको अस्पताल २०७१ सालदेखि सञ्चालनमा आएको हो । अस्पताल र धाइजनमा १६ बिघामा मेडिकल कलेजको संरचना कलेजका लागि ६ अर्ब बराबरको लगानी गरेको बताईन्छ । ‘तीन सय करोड बैंकको ऋण, दुई स य करोड बजारकोे ऋण र बाँकी बिर्तामोडको जग्गा बेचेर कलेज सञ्चालन गर्दै आम जनताका लागि कर्म समर्पित गर्न लागि परेको उनी बताउँछन् ।

प्रसाईंका ससुरा भगवान गिरी र सासू चन्द्रमाया गिरीको स्मृतिमा खोलिएको अस्पतालमा ९ सय ५० शय्याको शिक्षण अस्पताल सञ्चालन गरेको अस्पताल प्रशासनले दाबी गरेको छ ।

प्रसाईंले आफ्नो बुबाको एक सय बिघा जमिन र पैत्रिक सम्पत्तिबाट समेत मेडिकल कलेज खोलेको बताएका छन् । प्रसाईंका एक छोरा निराजन र छोरी आर्जु छन्। निराजनले एमबीबीएस सकेका छन् भने आर्जु एमबीबीएस अध्ययन गरिरहेकी छन्।

अस्पतालमा इन्दिरा र रामबाबुको लगानी धेरै रहेको बुझिएको छ। भगवान गिरीका कान्छी श्रीमतीतर्फका तीन सन्तान इन्दिरा, उमा र रामबाबु हुन्। दुर्गा उमा गिरीका पति हुन्।

ससुराली परिवारमा भएको अंशसम्बन्धी मुद्धालाई प्रसाईले धेरै मेहनत गरेर जिताउन भूमिका खेलको निकटस्तहरु बताउँछन् । मुद्धा जिते पछि अस्पताल खोल्न ससुराली पक्षको सहयोग र आफ्नो पैत्रिक सम्पत्तिबाट उनले महत्वकाँक्षी योजना बनाए ।

अस्पतालको अध्यक्षमा उनकी जेठी सासू इन्दिरा गिरी र सञ्चालकमा सालो डा. रामबाबु गिरी छन्।

आफ्नो सम्पर्कमा आएका गरिब दिनदुखीहरुलाई संरक्षण गरेरै दर्जनौको घरबार बसाई दिएर आँफू संगै परिवारको सदस्य बनाएका छन् उनले ।

प्रसाईं तत्कालीन माओवादी केन्द्रनिकट हुन् । भूमिगत कालमा पार्टीलाई प्रसाईले ज्यान जोखिममा राखेरै महत्वपूर्ण सहयोग गरेको समकक्षीहरु बताउँछन् । प्रसाईं पटक पटक सैनिक हिरासतमा समेत बसेका थिए।

तत्कालिन नेकपा एमाले र एमाओबादीलाई जोडेर कम्युनिष्ट एकताको प्रयासमा प्रसाईले दुबै पार्टीका अध्यक्षद्धयलाई आफ्नै घरमा बार्ता गर्ने वातावरण बनाई दिएर देश जोड्ने काम गरेको बताउँदै आएका छन् ।