एजेन्सी– चेन्नईको अयानवरम इलाकामा एक ११ वर्षीया बालिकासँग २२ मानिसहरुले महिनौंसम्म गरेका यौन शोषणको मामला सार्वजनिक भएपछि मानिसहरुमा अत्यधिक क्रोध उब्जिएको छ । अदालतमा सुनुवाईको क्रममा १७ दोषीमाथि वकिलका एक गुटले हमला गरेका छन् ।


ADVERTISEMENT


भारतीय समाचार एजेन्सी आजतकका अनुसार ११ वर्षकी बालिकालाई २२ जनाले पछिल्लो सात महिनादेखि बलात्कार गरिरहेका थिए । बलात्कार गर्ने आरोपीमा बालिका बस्ने अपार्टमेन्टका सेक्युरिटी गार्ड, लिफ्ट अपरेटर, प्लम्बर र यहाँसम्म कि दैनिक पानी ल्याइदिनेपनि समावेश छन् । मंगलबार जब आरोपीलाई अदालत लैजाने क्रममा ५० वकिलको एक समूहले उनीहरुमाथि हमला गरे ।


ADVERTISEMENT

# # #


अर्कोतर्फ, मद्रास हाइकोर्ट एडभोकेट असोसिएशन (एमएचएए) ले १७ आरोपीका लागि मुद्दा लड्न अस्विकार गरिदिए । असोसिएशनका अनुसार यदि आरोपीलाई कानूनी सहयोग प्रदान गरे असोसिएशनले यसको विरोध गर्नेछ ।

चेन्नईस्थित महिला अदालतमा पनि पक्राउ परेका आरोपीलाई बिहान पेश गरियो । १७ आरोपीलाई जुलाई ३१ तारिखसम्मका लागि जेल पठाइएको छ । पुलिसले २५ जनालाई पक्राउ गरेको थियो तर अदालतले १७ जनालाई ३१ जुलाईसम्म न्यायिक हिरासतमा पठाएको थियो ।

अदालतमा सुनुवाई पूरा भएपछि भारी सुरक्षाबीच जब यी आरोपीलाई अदालत बाहिर ल्याईयो तब वकिलको एक समूहले पालैपालो हात र खुट्टाले उनीहरुलाई हान्न थाले । उनीहरुलाई बचाउन पुलिसलाई ठूलो समस्या पर्यो ।

जानकारीका अनुसार आरोपी बालिकालाई नशालु पदार्थ खुवाएर अचेत गराउँथे र उनलाई बलातकार गर्थे । आरेपीले कहिले उनलाई नशालु सुई लगाइदिन्थे त कहिले नशालु पेय पदार्थ र कहिलेकाँही नशालु पाउडर सुँघाएर अचेत बनाउँथे । बालिकामाथि लगातार अमानवीय व्यवहार गरिएको हुँदा अब उनको श्रवण शक्ति कम भएको छ ।

आरापीले बालिकालाई बलात्कार गरेर उनको अश्लिल भिडियोसमेत बनाउने गरेको बताइन्छ ।

दिदीलाई दिइन् जानकारीः
पछिल्लो सात महिनादेखि यौनहिंसाको शिकार भइरहेकी बालिकाले जब आमा र दिदीलाई यसबारे जानकारी दिइन् तब उक्त घटनाबारे पर्दाफास भएको हो ।

स्रोतका अनुसार सात कक्षामा पढ्ने पीडित बालिकाले जब आफूमाथि भइरहेको अत्याचार सहन सकिनन् तब गत शनिबार स्कूलबाट फर्कने क्रममा आफ्नी दिदीलाई यसबारे जानकारी दिएकी हुन् । बालिकाकी आमाले महिला पुलिस थानामा यसबारे मुद्दा दर्ता गराइन् ।

सुरुवात ६६ वर्षे वृद्धले गरेः
पीडित बालिकाले पुलिसलाई दिएको जानकारी अनुसार अपार्टमेन्टमा तैनाथ ६६ वर्षका लिफ्ट अपरेटर रवि कुमारले सबैभन्दा पहिले उनको बलात्कार गरेका हुन् । त्यसको तीन दिनपछि नै उनी आफ्नो दुई साथीसँगै मिलेर बालिकालाई सामूहिक बलात्कार गरेर उनको अश्लिल भिडियो बनाए । त्यसपछि बलात्कारको सिलसिला जारी रह्यो र बलात्कारीको संख्यामा दिनदिनै वृद्धि भइरह्यो ।