काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार दिउँसो साढे १ बजे काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो ।


ADVERTISEMENT


निमोनिया देखिएपछि उनलाई दुई साता अगाडि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । सुब्बा लामो समयदेखि मृगौला रोगबाट समेत पीडित रहेको उनका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसलाई पराजित गर्दै एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनका एक श्रीमती र एक छोरा छन् ।