काठमाडौँ– अब नेपालमा अपराध गरी विदेशमा लुकेका अपराधीहरु सजिलै समात्न सकिने भएको छ । इन्टरपोल र अन्य निकायको सहयोगमा नेपाल प्रहरीले अपराधीलाई कठघरामा उभ्याउन सक्ने भएको हो ।


ADVERTISEMENT


त्यही मध्यको एक उदाहरण हो महोत्तरीको युवाती बलात्कार काण्ड । २५ युवतीलाई बलात्कार गरी विदेश फरार रहेका सिंहलाल थिङलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली मनिणठाकुर गाँउपालिका वडा नं. ४ घर भएका पासपोर्ट नं ०६३०५८७० का ३१ वर्षीय थिङलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले युएईबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


विदेशबाट सामान ल्याइदिएको र उक्त सामान दिनका लागि अभियुक्तले बर्दिवासस्थित होटेल बिनायकमा लिई विभिन्न धाक धम्की डर त्रास देखाएर जबरजस्ती करणी गरेको भन्दै युवतीले २०७४ असोज २५ गते मुद्दा दर्ता गरेकी थिइन् । मुद्दा दर्तापछि फरार रहेका थिङलाई प्रहरीले पक्राउ गर्न गत माघ १८ गते ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । त्यही डिफ्युजनका आधारमा इन्टरपोल युएईले पक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीले आइतबार साँझ युएईबाट नेपाल पुर्याएको थियो ।

आज ईलाका प्रहरी कार्यालय बर्दिवास, महोत्तरीबाट खटिएका प्रहरी निरीक्षक देव कुमार श्रेष्ठ सहितको टोलिले आवश्यक कारवाहीको बुझिलिएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी धीरु बस्नेतले अब नेपालमा अपराध गरेर विदेशमा बस्दै आएकाहरुलाई सजिलै पक्राउ गर्न सकिने बताए । उनले भने, ‘नेपालमा अपराध गर्ने र बाहिर गएर लुक्ने परम्पराको अन्त्य भएको छ । कसैले पनि अपराध गरेर विदेशमा आनन्दले बसौँला नसोचे हुन्छ ।’

नेपाल प्रहरीसंग संसारका जुन सुकै कुनामा बसेका अपराधीलाई पनि पक्राउ गर्न सक्ने हैसियत रहेको भन्दै उनले अपराधीलाई उम्किन नदिन नेपाल प्रहरीले अन्तराष्ट्रिय संघसंस्थासंगको सहकार्य गरेको बताए ।