काठमाडौं, ३० असार । डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ ।


ADVERTISEMENT


शनिबार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रशियामा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो र ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन्, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोशियाले जितोस् भन्ने छ, क्रोशियाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि आईतबार राती डेजाभुमा आउनु होला, थाह पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी ?’ भन्दै गलक्क हासिन ।

रशियामा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जीयमको राम्रो लागेको बताउदै मोडल पाण्डेले भनिन्, ‘बेल्जीयमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।’