काठमाडौं । राष्ट्रिय जनता पार्टी ( राजपा ) का अध्यक्ष महन्थ ठाकुरले आज हिरासतमा रहेका साँसद रेशम चौधरीलाई भेटेका छन् । भेटमा सहभागी राजपा सहमहामन्त्री सुरेन्द्र कुमार झाले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार चौधरीलाई राज्यले अन्याय गरेको भन्दै ठाकुरले दुख समेत ब्यक्त गरेका छन् ।


ADVERTISEMENT


जनताबाट प्रत्यक्ष निर्वाचित साँसदलाई प्रमाणपत्र समेत लिने वातावरण नबन्नु र सपथ समेत लिन नपाउनु लोकतान्त्रिक ब्यवस्थाका लागि दुर्भाग्य रहेको ठाकुरले बताएका छन् ।


ADVERTISEMENT

# # #


परिवर्तनका लागि लडेको र गणतान्त्रिक ब्यवस्थामा लोकतान्त्रिक पद्धतीबाट जनमत पाएको ब्यक्तिलाई हिरासतमा पूर्याउनु चौधरी माथि राज्यको ज्यादती देखिएको भन्दै निन्दा गरेका छन् । अनुसन्धानकै क्रममा अपराधीलाई जस्तो ब्यवहार गरेर एक निर्वाचित साँसदलाई थुनेर राखिनु खेदपूर्ण रहेको समेत उनको भनाई छ ।

तत्काल साँसद बनेर जनताको काम गर्ने वातावरण बनाउन चौधरीलाई तत्काल न्याय दिन ठाकुरले सरकार समक्ष जोडदार माग समेत गरेका छन् ।