एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनले लेखेको एउटा चिट्ठी ट्वीटरमा साझा गरेका छन् । उक्त चिट्ठीमा किम जोंग– उनले अमेरिकासँग द्वीपक्षीय सम्बन्धमा ‘एउटा नयाँ भविष्य’ को आशा जताएका छन् ।


ADVERTISEMENT


जुलाई ६ तारिखमा लेखिएको उक्त चिट्ठीलाई अमेरिकी राष्ट्रपतिले ‘निकै राम्रो’ लेखेर सेयर गरेका छन् ।


ADVERTISEMENT

# # #


तर उक्त चिट्ठीमा उत्तर कोरियाको तर्फबाट परमाणु निश्शस्त्रीकरणको प्रयासको कुनै कुरा उठाइएको छैन । जबकी गत महिना जूनमा ट्रम्प र किमको सिंगापुरमा भएको ऐतिहासिक भेटघाटको मुख्य एजेन्डा यहि थियो ।

निश्शस्त्रीकरणको मुद्दा के त ?

जून १२ तारिखमा सिंगापुरमा दुबै नेताले एउटा सम्झौतामा दस्तखत गरेका थिए जसमा कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरणको कुरा पनि समावेश थियो ।

त्यसको बदलामा अमेरिका दक्षिण कोरियामा आफ्नो सैन्य अभ्यास बन्द गर्न राजी भएको थियो ।

यद्यपी, पछि थुप्रै आलोचकले डोनल्डा ट्रम्प उत्तर कोरियाली नेतासँग परमाणु हतियारलाई नष्ट गर्ने विषयमा ठोस् आश्वासन लिन असफल भएको आरोप लगाए ।