सुरुङ्गा, झापा– सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो ।


ADVERTISEMENT

# # #


सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो ।

डुबेर अढाइ वर्षीया बालिकाको मृत्यु

झापामा अढाइ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चारआली–केचना सडकखण्डअन्तर्गत हिमाली चोकमा नालामा जमेको पानीमा बालिका बुधबार साँझ डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए।

पानीमा डुबेर बेहोस अवस्था भेटिएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।