काठमाडौं – राजधानीको जडिबुट्टीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय रोयल सुवेदी छन् । मंगलबार दिउँसो भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको हो।


ADVERTISEMENT


ठक्करबाट मोटरसाइकलको पछाडि बसेका सुवेदी र मोटरसाइकल चालक अमन ढुंगेल भुइँमा बजारिएका थिए। तत्कालै प्रहरीले सुवेदीलाई शिक्षण अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले दिए।


ADVERTISEMENT

# # #


एसपी मैनालीका अनुसार घाइते ढुंगेलको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालक धादिङका हरिशरण राईलाई नियन्त्रणमा लिएको छ।