पाल्पा– सिद्धार्थ राजमार्गको पाल्पा–वुटवल सडक अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरोको कारण सडक अवरुद्ध बनेको हो ।


ADVERTISEMENT


दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज विहान ७ः१५ बजे देखि सवारी आवगमन रोकिएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस क्षेत्रमा हरेक वर्ष पहिरो खसीरहने गरेको छ ।


ADVERTISEMENT

# # #


सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएको र वर्षाका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक पटक पटक अवरुद्ध हँुदा यात्रु र सवारी साधन बिच बाटो मै अलपत्र परेका छन् ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।