काठमाडौं – मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५/५ लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् ।


ADVERTISEMENT


मुस्ताङको स्याङ्बोचे लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका १२ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै खतरामु्क्त रहेका छन् ।


ADVERTISEMENT

# # #


मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने गृहमन्त्री थापाले जानकारी दिए । दुर्घटनामा सबैभन्दा धेरै रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो । त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका १/१ जनाको मृत्यु भएको थियो ।