काठमाडौँ– गृहमन्त्री राम बहादुर थापाले सरकारको अनुमति नलिई जान लागेकाले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई फिर्ता गरिएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले कुनैपनि कार्यक्रमका लागि विदेश जाँदा सरकारको अनुमति लिई जानु पर्ने भएपनि उपकुलपति कोइरालाले त्यसो नगरेकाले उनलाई नियन्त्रणमा लिइएको बताए ।


ADVERTISEMENT

# # #


‘यो विदेश भ्रमणको सवालमा कुलपति वा सरकारको अनुमतिबिना जान लागेको हुनाले उहाँलाई रोकिएको भन्ने अपुष्ट जानकारी अहिलेसम्म गृहमन्त्रालयमा आएको छ ।’ उनले भने, ‘ कुनैपनि निकायहरुले वा प्रतिनिधिहरुले विदेश भ्रमणमा जाँदा वा अन्यत्र जाँदाखेरी सम्बन्धित निकायको अनुमति लिएर जानु पर्ने हुन्छ । त्यस कारण उहाँलाई नियन्त्रणमा लिइएको हो ।’

उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।