काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ ।


ADVERTISEMENT


आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका थिए । यो निर्णयपछि सबैलाई असार २० गतेबाट लागू हुने गरी पत्र पठाइएको थियो ।

भुसाल गत वर्षको कार्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ ।