रौतहट–बौधीमाई नगरपालिकाको वडा नं २ ईनर्वा टोलका स्थानीयबासीहरु बाढीको त्रासले रातभरि जागेर ज्यान जोगाउन बाध्य बनेका छन ।


ADVERTISEMENT


बाढीको डरले पुरै बस्ती नै विस्थापित हुन गईरहेको जनताको पीडा बुझ्न पूर्व मन्त्री तथा सोही क्षेत्रका सांसद मो अफताब आलमले आफै बस्तीमा पुगी जसरी भएपनि बाध ठोस तरिकाले मर्मत गराई सम्पूर्ण जनताको ज्यान जोगाउन मेरो जिम्मेवारी रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


जनताको ज्यानसँग खेलवाड गर्ने जल उत्पन्न प्रकोप कार्यालयका प्रमुख राजकुमार श्रीवास्तलाई कार्वाहीको लागि सदनमा माग गर्ने मन्त्री आलमले पीडितहरुलाई बताएका छन् । नेपाल र भारतको सहयोग बाट निर्माण भएको बाँध लालबकैयाको कटान गरेकोले अहिले ईनर्वा बासीमा त्रास र चिन्तित गर्नुपर्ने अवस्थामा भरपुर सहयोग र साथ दिने बताएका हुन् ।

भारतको सहयोगबाट बाँध मर्मत भए पनि अहिले सफल नहुने अवस्था नै हुन् । अहिलेको समयमा राजनितिक गर्नेहरुले यस्तो अवस्थामा पुर्याएका छन् । न्याय समिति गठन गरि दोषीमाथि कडा भन्दा कडा करवाई हनुपर्छ भने पूर्व मन्त्री आलमले बर्तमान सरकारसँग माग समेत गरेका छन ।

इनर्वा टोलमा लालबकैया खोलाले गतवर्षमा विनाशकारी बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो । ३ दिनको देशभरि भारी बर्षाले समयमा भत्किएको बाध मर्मत गर्न नसकेकोले पूर्ण खतराको सिकार बन्न बाध्य बनेको छ । स्थानीयसंग डरत्रास मनमा नराखी ढुक्क भएर बस्न नगरका मेयर राजीव रंजन यादवले बताए । आफुलाई बदनाम गराउन केही राजनीतिक चलखेल सुरु भएपनि सकेसम्म गाउँलाई बचाउन कुनै कसर नछाडने मेयर यादवले बताए ।

लाल बकैया खोलामा गतबर्ष महा विनाशकारी बाढी आएको वेला ठाउँ ठाउँमा १०० मिटर देखि ३०० मिटर भन्दा बढी नै बाधलाई भत्काएको थियो । सो बाढीले बौधीमाई, परोहा, राजपुर र ईशनाथ नगरपालिकाका दर्जनौ गाउँ डुबानमा परेको थियो भने हजारौ घरपरिवार विस्थापित भएका थिए ।

बाढीको डरले पटक पटक स्थानीय जनताहरुले समयमै बाधको मर्मत गराउन माग गरेपनि केही राजनीतिक चपेटामा परेको जल उत्पन्न प्रकोप कार्यालयका वीरगंजका प्रमुखले आफनो दायित्व सकारात्मक निर्वाह नगरेकोले आज हजारौ जनताको जान खतरामा परेका मेयर यादवले बताएका छन् ।

केही दिनअघि देशभरमा अबिरल वर्षाले लालबकैया खोलाको बाध फेरी कटान गरेको छ । समयमा मर्मत गराउन कोही अवाज उठाउन नआउने नेताहरु अब पुरै गाउँ नै विस्थापित हुन थालेपछि मात्र हेर्न आउन थालेका हुन ।

कटान भएको बाध बाट १०० मिटर दुरीमा बसोबास गरिरहेको जनताहरुको मनमा २४ घण्टा डर त्रास मनमा बनी रहेको एक जना बाढी पीडितले दुख पोखेका छन ।

सो अनुमगनमा परोहा नगरपालिकाका शेख वकिल, राजपुर न.पा. शेख सकिल अख्तर, बृद्धाबन न.पा.का मेयर रामः नेही यादव, नेपाल तरूण दल रौतहटका सभापति मो.नौशाद आलम, वरिष्ठ नेता मो. महताब आलम लगायत दर्जनौं स्थानीयबासीको उपस्थितिमा लालबकैया खोलाको भत्किएका बाध मर्मत बारे संयुक्त अनुगमन गरेका छन ।