काठमाडौं– नेपाल-कम्युनिस्ट पार्टी (नेकपा) ले मासिक करोडौं जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।


ADVERTISEMENT

# # #


नेकपाले पार्टीका संगठित सदस्यहरुबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ ।

तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुनेछन् । – आजको नयाँ पत्रिकाबाट