काठमाडौँ– ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गरेका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महर्जनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पारेका छन् । प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पारिन् । शाक्यले १४ हजार २४० मत प्राप्त गरेकी थिइन् । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो ।