बनियानी, झापा– गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् ।


ADVERTISEMENT


किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु ६ देखि रु ८ सम्ममा गोलभेँडा बिक्री गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।” व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् ।

तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा रू ४० मा बिक्री गरिरहेको बताउँछन् । उनले खुद्रा व्यापारीलाई रू १५ देखि रु १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताए ।

तरकारी खरिद गर्न आउनुभएकी विर्तामोड–३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै”, उनले भने, “एउटै तरकारीको पसलैपिच्छे फकर फरक मूल्य छ ।”

जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।