काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।


ADVERTISEMENT


मंगलबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी गरेका थिए । तर, एमालेले स्थानीय तहको संख्या बढाएकोमा विरोध गर्दै संसद चल्न नदिने बताएको छ ।


ADVERTISEMENT

# # #


सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलको बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले संसद चल्न नदिने अडान दोहोर्‍याए ।दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच पदबाट राजीनामा दिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ दिन कुर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले आग्रह गरेको छ । दोस्रो चरणको निर्वाचन आउन तीन सातामात्र बांकी रहेका समय प्रधानमन्त्रीको राजीनामाले तयारीमा असर गर्ने भन्दै एमालेले तत्काल राजीनामा नदिन आग्रह गरेको हो ।