काठमाडौँ– रुसमा जारी फुटबल विश्वकप क्वार्टर फाइनलमा आज सेमिफाइनलको यात्रा तय गर्नका लागि फ्रान्सले उरुग्वेको सामना गर्दैछ । मेस्सी नेतृत्वको टिम अर्जेन्टिनाविरुद्ध २ गोल गरेर फ्रान्सको जितका लागि महत्वपूर्ण भूमिका खेलेका १९ वर्षीय किलियान एमबाप्पे पनि आज मैदान उरुग्वेविरुद्ध उत्रिँदैछन् ।


ADVERTISEMENT


आज सबैको नजर यी युवा खेलाडीमा हुनेछ । उनको भिडन्त उरुग्वेका सुपर स्टार लुईस सुआरेजसंग हुनेछ । उरुग्वेको डिफेन्स मजबुत त छ तर उसका सामू फ्रेन्चको फरवार्ड लाईन रोक्नु सबैभन्दा ठूलो चुनौति हुनेछ । ‘वन्डर ब्वाय’ को नामले चर्चित युवा फुटबलर एमबाप्पेको फूर्ती र दौड गती पनि आज उरुग्वेको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।


ADVERTISEMENT

# # #


काभानीको चोटको चिन्ता

फ्रान्सको सामना गर्नुअघि उरुग्वे टिमका महत्वूर्ण सदस्य काभानीको फिटनेसलाई लिएर चिन्तित छ । आजको खेलमा उनले खेल्ने नखेल्ने टुंगो छैन । उनले यसअघि प्रतियोगितामा तीन गोल गरिसकेका छन् ।

यो उरूग्वेको डिफेन्स र एमबाप्पेको रफ्तार बीचको भिडन्त मानिएको छ । कप्तान गोडिन, कासेरेस, हिमिनेज र लाक्साल्टले उरुग्वेको डिफेन्स लाइनलाई मजबुद बनाएका छन् । समूह चरणमा त कोही टिमले पनि उरुग्वेलाई गोल गर्न सकेन । प्रि–क्वार्टर फाइनलमा पोर्चुगलका पेपेले उरुग्वेविरुद्ध एक गोल गरे, जुन यो टिमको विरुद्धमा जारी विश्वकपमा ३२४ मिनेटपछि गरिएको पहिलो गोल थियो ।

‘हेड टु हेड’ मा उरुग्वे अगाडि

उरुग्वेले ४ पटक विश्वकपको क्वार्टर फाइनल खेलिसकेको छ । जसमा तीन् पटक उसले जित हात पारेको छ । एकमात्र हार (०-४) उसले १९६६ मा वेस्ट जमीनीसंग बेहोरेको थियो । फ्रान्स र उरुग्वेबीच ३ विश्वकप खेल भएका छन् । जसमा उरुग्वेले एक खेल जितेको छ । जबकी अन्य दुई खेल बराबरी भएका थिए । उरुग्वेले १९६६ मा फ्रान्सलाई पहिलो राउन्डमा २-१ ले हराएको थियो ।

‘प्लेयरस् टु वाच’

किलियान एमबापे (फ्रान्स)
४ खेलमा ३ गोल
गोलपोस्टमा निशाना : १६ पटक

एडिनसन कवानी (उरुग्वे)
४ खेलमा ३ गोल
गोलपोस्टमा निशाना : ५ पटक

कमजोरी

फ्रान्स
– गोलकीपर ह्युगोको चिन्ताजनक फर्म (चार गोल खाएका छन्)
– मिडफील्डर पोग्बाले केही खास कमाल देखाउन सकेका छैनन्

उरुग्वे
– चोटग्रस्त काभानी खेलेनन् भने फरवार्ड लाइनमा ठूलो असर
– काभानीलाई रिप्लेस गर्ने फरवार्ड खेलाडीको कमी

बलियो पक्ष

उरुग्वे
– सबैभन्दा बलियो डिफेन्स मध्येको एक टोलि
– सुआरेजको क्षमता (गोल गर्न र सघाउन माहिर)

फ्रान्स
– एमबाप्पे र ग्रीजम्यानको खतरनाक फरवार्ड जोडी
– जुन सुकै टिमको डिफेन्सलाई तोड्ने क्षमता भएको टोलि