काठमाडौं– वन तथा वातावरण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले मनोमानी गर्दै आएका छन् । सम्बन्धित मन्त्रालयलाई समेत कुनै जानकारी नदिई आइएनजिओहरूले मानोमानी गरिरहेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए ।


ADVERTISEMENT


वन वातावरण क्षेत्रमा काम गरे पनि आइएनजिओले कति बजेट कहाँ खर्च गर्दै छन् भन्ने विषयमा मन्त्रालय अनविज्ञ छ । नेपालको वन तथा वातावरण क्षेत्रमा आइएनजिओले १ खर्ब ८८ अर्ब २३ करोड ५० लाख ४२ हजार अर्थात् १ अर्ब ७५ करोड ९२ लाख ६ हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT

# # #


सन् २०२३ सम्म १५ आइएनजिओले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, विभिन्न दातृ निकायले १० अर्ब ३५ करोड ९५ लाख २६ हजार अर्थात् ९ करोड ६८ लाख १८ हजार अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यसरी काम गर्ने कतिपय दातृ निकायले आइएनजिओमार्फत पनि बजेट दिने गरेको वन तथा वातावरण मन्त्रालय स्रोतको भनाइ छ ।

‘हामीलाई दातृ निकायले उपलब्ध गराउने रकमका विषयमा जानकारी हुन्छ ।’ ती कर्मचारीले भने, तर, ‘कतिपय अवस्थामा दातृ निकायले नै उपलब्ध गराएको रकम आइएनजिओमार्फत पनि खर्च गरिन्छ थाहा हुँदैन ।’ मन्त्रालयलाई आइएनजिओबारे जानकारी नहुने भएपछि दातृ निकाय र आइएनजिओको खर्च पारदर्शी नहुने गरेको हो । – आजको नयाँ पत्रिका दैनिकबाट