एजेन्सी– बलिउड अभिनेत्रीहरू विभिन्न कारणले सोसल मिडियामा चर्चाको विषय बनिरहेका हुन्छन् । बलिउडकी क्विन भनिने कंगना रनावतले हालै एक म्यागजिन कभरका लागि फोटोसुट गरेकी छिन् ।


ADVERTISEMENT


यहि फोटोसुटको तस्विर सोसल मिडियामा भाइरल भएको छ । कतिले यसको आलोचना गरेका छन् भने कंगनाको स्टाइल निकै राम्रो भन्दै प्रशंसा पनि गरेका छन् ।


ADVERTISEMENT

# # #


https://www.instagram.com/p/BkunTdqhDe7/?taken-by=cosmoindia

कभर फोटोमा कंगनाले बिकिनी लगाएको देख्न सकिन्छ । बैजनी रंगको बिकिनीमा आँखाको चित्रले बोल्ड लुक दिएको छ । उनले बिकिनीसँगै सुनौलो रङको ज्याकेट पनि लगाएकी छिन् । यो बिकिनीमा आँखाको चित्रले निकै नै फरक लुक पनि देखाएको छ ।

कतिले उनको ड्रेस निकै अचम्मको बताएका छन् भने कतिले कंगनाले यस्तो पहिरनमा फोटोसुट गर्न नहुने पनि बताएका छन् ।

https://www.instagram.com/p/Bku8JeTBI4b/?utm_source=ig_embed

कंगनाले दुई कभर पेजका लागि सुट गरेकी छिन् । दोस्रो तस्बिरमा कंगनाले जिमवेयर लगाइरहेकी छिन् । कंगनाको दुबै फोटो भने निकै आकर्षक देखिएका छन् ।