मोरङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त रुपमा आयोजना भएको जनश्रममा युवा कार्यक्रम अन्तर्गत युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष पर्शुराम वस्नेतको नेतृत्वमा वृहत रोपाई कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


युवा संघ नेपाल र वाईसिएल मोरङको संयुक्त आयोजनामा संघका केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश ईन्चार्ज डायनामिक युवा नेता बस्नेतको प्रमुख आतिथ्य, माननीय सांसद कृष्णकुमारी राईको विशिष्ट आतिथ्य, संघका केन्द्रीय सचिवालय सदस्य तथा गतिशील युवा नेता रविन थापाको विशेष उपस्थितमा पथरीशनिश्चरे नगरकमिटीकी उपमेयर यमुना विष्टको प्रेरक उपस्थितिमा संघको संयुक्त केन्द्रीय अभियान अन्तर्गत तीन दिन जनश्रममा युवा अभियान अन्तर्गत पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ को सोमवारेमा करिव २५ कठ्ठामा धान रोप्ने कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT

# # #


कृषिलाई आधुनिकिकरण गरी स्वदेशमा नै रोजगारी सिर्जना गरी आत्मानिर्भर बनाउने उद्देश्यका साथ सम्पूर्ण नेपाली तीन दिन खेतमा कार्यक्रम अन्तर्गत देशका ७०० भन्दा वढी ठाउँहरुमा युवाहरुले आफ्नो श्रम प्रयोग गरेका छन् । समृद्ध नेपाल सुखी नेपाली बनाउनको निम्ती मुख्य रुपमा कृषिलाई विकास र विस्तार गर्नुको विकल्प नभएको भन्दै सो कार्यक्रम आयोजना गरेका हुन ।

 कार्यक्रममा वोल्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न, स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशमा खपत बढाउन, परनिर्भरता न्यूनीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमको तयारीका लागि गृहकार्य भइरहेको, कृषिलाई आधुनिकीकरण गर्ने, सिटिइभिटीसँग समन्यवय गरी प्राविधिक शिक्षाको व्यवस्था गर्ने, एक व्यक्ति एक रोजगारीको कार्यलाई अघि वढाउने, युवामैत्री देश वनाउने, भ्रष्टचार उन्मुलन गर्ने, युवालाई आत्मानिर्भर वनाउन यो कार्यक्रम आयोजना गरिएको युवा संघ नेपालका उपाध्यक्ष वस्नेतले बताएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज अन्जुसिंह बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, प्रदेश सदस्य माधवराज थापा, वाईसीएलका जिल्ला सचिवालय सदस्य सुमन लिम्बू, पार्टीका युवा नेता राजेन्द्र कार्की लगायत नेताहरुको विशेष उपस्थिति रहेको थियो । त्यस्तै संघका सचिवालय सदस्य अन्जु सिग्देल, जिल्ला कमिटी सदस्य मनि लिम्बू , नगर सचिव नवीनजंग कार्की, नगर सहसचिव विकास राई लगायत युवा संघ र वाईसीएलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।