काठमाडौं– सरकारले जारी गरेको काठमाण्डुको माइतीघर आसपासको निषेधाज्ञा नेविसंघले तोडेको छ । सरकारले आगामी साउन १ गतेबाट लागू गर्न गइरहेको निषेधाज्ञा आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोडेको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले र कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा माइती घर मण्डलामा झण्डै आधा घण्टा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


कांग्रेसका नेता पौडेलले प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र पथमा अघि बढेको आरोप लगाएका छन् । नेता पौडेलले नेविसंघद्वारा आयोजित माइतिघर मण्डलाको निषेधज्ञा अबज्ञा गर्ने कार्यक्रममा उक्त आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


माइति घर मण्डलालाई सरकारले निषेधाज्ञा जारि गरेपछि नेविसंघले शन्तिपूर्ण कार्यक्रम गर्ने संवैधानिक अधिकारलाई कुण्ठित पारेको भन्दै निषेधाज्ञा अवज्ञा गर्ने कार्यक्रम राखेको हो । निषेधाज्ञा अबज्ञा गरिसके पछि कोण सभालाई संबोधन गर्दै केन्द्रिय सदस्य पौडेलले राजा ज्ञानेन्द्रको निरंकुशतालाई निर्मुल पार्ने लोकतन्त्रवादीहरुले केपी ओलीलाई सिंह दरवारबाट गलत्याउन पछि नपर्ने बताएका थिए ।

नेता पौडेलले स्वास्थ्य क्षेत्रको माफिया तन्त्रलाई समाप्त पार्न शान्तिपूर्ण अनसनमा बसेका डा गोविन्द केसीको जायज मागलाई यथासक्य छिटो संबोधन नगरे सरकारले यसको परिणाम नराम्रोसँग भोग्नु तयार भएर बस्नु आग्रह गरे । उपस्थित विद्यार्थीको भन्दा सुरक्षाकर्मीको उपस्थिती बाक्लो रहेता पनि प्रहरीले संयमता अपनाएको थियो ।

प्रहरीको संयमताबीच तोडिएको निषेधाज्ञा कार्यक्रममा बोल्दै नेविसंघका महामन्त्री कुन्दन काफ्लले वीर अस्पतालमा वर्षौदेखि न्यायको भिख माग्दै राज्यसँग अनुनयविनय गरेकी गंगामायाको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए । विद्यार्थी नेता काफ्लले केपी ओलीको नेतृत्वको सरकार कति लोकतान्त्रिक छ भन्ने उदाहरण डा गोविन्द केसीले प्रहरी हिरासतमा गरेको सत्याग्रहबाट प्रस्ट हुने बताएका थिए । उनले प्रधानमन्त्री ओलीलाई सत्याको मातमा बढी अधिनायकवादी हुन खोजे उनलाई नेविसंघले सत्याको घोडाबाट ओराल्ने चेतवानी दिए ।

गृह मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरि साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएपछि काँग्रेसले कडा रुपमा प्रस्तुत भएको हो । काठमाण्डुका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइने सरकाले यस अघि निर्णय गरेको थियो ।